
नयाँ दिल्ली, 13 दिसम्बर (हि.स.)। महादेव अनलाइन सट्टेबाज ऐपका दुई मुख्य प्रमोटरहरूमध्ये एक रवि उप्पललाई दुबईमा स्थानीय पुलिसले हिजो पक्राउ गऱ्यो। उप्पललाई दुबई पुलिसले चाँड़ै भारतलाई प्रत्यार्पण गर्न सक्छ। ईडी रवि उप्पललाई भारतमा ल्याउनका लागि यूएईका अधिकारीहरूको सम्पर्कमा छ।
आधिकारिक सूत्रले बुधवार बतायो, अवैध सट्टेबाजी औ मनी लन्ड्रिङ्ग मामिलाका आरोपी रवि उप्पललाई दुबईमा पक्राउ गरिएको छ। दुबई पुलिसले प्रवर्तन निदेशालय (ईडी)- को अनुरोधमा इन्टरपोलद्वारा जारी रेड कर्नर नोटिसको आधारमा रवि उप्पललाई हिरासतमा लिएको हो। ईडी रवि उप्पललाई भारतमा प्रत्यर्पण गराउन प्रयासरत् छ। ईडीका अधिकारीहरू दुबईका अधिकारीहरूको सम्पर्कमा छन्।
उल्लेखनीय छ, यसै वर्षको गत सेप्टेम्बर महिनामा ईडीले महादेव अनलाइन सट्टेबाजी ऐपमाथि ठूलो कारबाही गरेको थियो। यस मामिलामा जाँच एजेन्सीले मुम्बई, कोलकाता, भोपाल सहित लगभग 39 वटा ठेगानाहरूमा छापा मारेर 417 करोड़ रुपियाँको सम्पत्ति जफत गरेको थियो। छत्तीसगढ़ निवासी रवि उप्पल र सौरभ चन्द्राकर महादेव सट्टेबाजी ऐपका प्रमोटर हुन्। चन्द्राकर पनि ईडीको रडारमा छन्।
हिन्दुस्थान समाचार/उष्णता
