नयाँ दिल्ली, 08 दिसम्बर (हि.स.)। पैसा लिएर प्रश्न सोधिएको मामिलामा तृणमूल कङ्ग्रेसकी सांसद महुआ मोइत्रासित सम्बन्धित आचार समितिको रिपोर्ट लोकसभामा शुक्रवार विपक्षको खैलाबैलाबीच पेश गरियो। विपक्षको मागमा लोकसभा अध्यक्ष ओम बिरलाले उक्त रिपोर्टमाथि चर्चा गर्नका लागि आधा घण्टाको समय तय गरिदिए जसलाई विपक्षले अपर्याप्त बताएको छ। कङ्ग्रेसले रिपोर्ट अध्ययनका लागि तीन-चार दिनको समय मागेको छ।
लोकसभामा कङ्ग्रेसका नेता अधीर रञ्जन चौधरीले भने, आचार समितिको रिपोर्ट धेरै लामो छ। यसैले उक्त रिपोर्टलाई पढ्नका लागि सदस्यहरूलाई थप समय दिनुपर्छ। उनले लोकसभासित अनुरोध गरे, यस मुद्दामा आज कुनै फसेला नलिइयोस्। कङ्ग्रेसका मनीष तिवारीले पनि चर्चा अवधि भने, महुआमाथि आरोप लगाइएको छ, तर उनलाई आफ्नो पक्ष राख्ने अवसर दिइएन। यो न्यायसङ्गत होइन। कुनै पनि आचार समितिले दण्ड दिने सिफारिस गर्न सक्दैन, उसलाई केवल रिपोर्ट पेश गर्ने अधिकार छ।
उल्लेखनीय छ, भाजपा सदस्य निशिकान्त दुबेले लोकसभा अध्यक्ष ओम बिरलालाई पत्र लेखी महुआ मोइत्रामाथि पैसा लिएर प्रश्न उठान गरेको आरोप लगाउँदै यस आरोपको जाँचको निम्ति जाँच समिति गठन गर्ने माग गरेका थिए। दुबेको आरोपको आधारमा लोकसभा अध्यक्षले सो मामिलालाई संसदको आचार समिति समक्ष पठाइदिएका थिए। दुबेको आरोप थियो, महुआ मोइत्राले प्रश्न उठान गरेको सट्टामा व्यवसायी दर्शन हीरानन्दानीबाट घूस अनि उपहार लिएकी छन्। यी आरोपहरूलाई हीरानन्दानीले स्वीकार पनि गरेका छन्।
आचार समितिको रिपोर्ट सोमवार सदनमा पेश गर्नका लागि सूचीबद्ध गरिएको थियो, तर रिपोर्ट पेश गर्न सकिएन।
हिन्दुस्थान समाचार/उष्णता
