गुवाहाटी, 07 दिसम्बर (हि.स.)। गुवाहाटीमा बिहिवार बिहानै भूकम्पको झटका महसूस गरियो। नेशनल सेन्टर फर सीस्मोलोजी अनुसार बिहान 5.42 बजी 3.5 तीव्रताको भूकम्पको झटका महसूस गरियो। भूकम्पको तीव्रता धेरै कम भएकोले कुनै नोकसान भएन।
एनसीएसको रिपोर्ट अनुसार, भूकम्पको केन्द्र गुवाहाटीको उत्तर-पूर्वतिर 63 किमी टाढ़ा स्थित थियो। भूकम्प 26.63 अक्षांश र 92.08 देशान्तरमा स्थित 5 किमीको गहराईमा थियो।
हिन्दुस्थान समाचार/भवानी
