नयाँ दिल्ली, 05 दिसम्बर (हि.स.)। राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले मङ्गलवार आतङ्कवादी फण्डिङ्ग मामिलामा जम्मू-कश्मीरमा आठ ठाउँ छापामारीको कारबाही गऱ्यो।
आधिकारिक सूत्र अनुसार जम्मू-कश्मीर पुलिस औ केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ)-को सहयोगमा एनआईएले कश्मीरमा सात अनि जम्मूमा एक स्थानमा छापामारी गरेको छ। यो छापामारी आतङ्कवादीहरूलाई धन उपलब्ध (टेरर फण्डिङ्ग)- गराएको मामिलसित सम्बन्धित छ।
एनआईएका टीमहरूले शोपियाँ र बारामूला समेत अन्य क्षेत्रहरूमा छापामारी गरे। मामिलासित सम्बन्धित संदिग्धहरूको निवास स्थान तथा अन्य ठेगानाहरूमा व्यापक खानतलासी लिइयो। यो छापामारी केन्द्रिय एजेन्सीद्वारा कश्मीरमा सक्रिय आतङ्कवादीहरूलाई ड्रोनको माध्यमबाट हतियारहरू आपूर्तिसित सम्बन्धित पाकिस्तान समर्थित आतङ्कवादी मामिलामा गरिँदैछ।
एनआईए, जम्मू शाखा टीमको माध्यमबाट गत 27 नोभेम्बरमा जम्मू-कश्मीरको कठुआ जिल्लाका 22 वर्षीय जाकिर हुसैनलाई पक्राउ गरिएको थियो। त्यसपछि एजेन्सीले गत 29 नोभेम्बरमा इनपुट साझा गरेको थियो। गत वर्ष 30 जुलाईमा एऩआईएको माध्यमबाट दर्ता एक मामिलामा पक्राउ गरिनुपर्ने आरोपीहरूमध्ये जाकिर आठौं आरोपी थिए। स्मरण गराइन्छ, पहिला पक्राउ गरिएका सातजना आरोपीहरूमध्ये एकजनाको न्यायिक हिरासतमा हृदयाघातको कारणले मृत्यु भएको थियो।
कश्मीर घाटी लगायत सम्पूर्ण भारतमा आतङ्क अनि हिंसाका घटनाहरूलाई परिणाम दिनका लागि पाकिस्तान समर्थित आतङ्कवादी समूहहरूको ठूलो षड़यन्त्रदेखि पर्दा उठाउनको लागि एनआईएले यस मामिलामा आफ्नो जाँच जारी राखेको छ।
हिन्दुस्थान समाचार/उष्णता
