चेन्नई/अमरावती, 05 दिसम्बर (हि.स.)। पश्चिम मध्य बंगालको खाड़ीमा गम्भीर चक्रवाती तूफान मिचौङ गत 6 घण्टा अवधि सात किलोमिटर प्रति घण्टाको गतिले उत्तर-पश्चिमतिर अग्रसर बनिरहेको छ। आज (मंगलवार) बिहान यसले नेल्लोर र मछलीपट्टनमबिच दक्षिण आन्ध्र प्रदेशको तट पार गर्ने सम्भावना छ। यसको प्रभावका कारण तमिलनाडु र आन्ध्र प्रदेशमा भारी वर्षा भइरहेको छ भने जनजीवन अस्त-व्यस्त बनेको छ।
भारतीय मौसम विज्ञान विभागको चेन्नई केन्द्रले बिहान तमिलनाडुका 10 जिल्ला चेन्नई, तिरुवल्लुर, चेंगलपट्टू, कांचीपुरम, रानीपेट र वेल्लोर आदि ठाउॅंहरूमा हावा-पानीको सम्भावना व्यक्त गरेको छ। यस बिच तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले हिजो भारी वर्षाले भएको क्षतिको बारेमा अधिकारीहरूसॅंग चर्चा गर्दै राहत एवं बचाउ कार्यहरूको जानकारी लिएका थिए।
हिजो, सोमवार चक्रवातले चेन्नईमा भिन्न-भिन्नै ठाउॅंमा पॉंच जनाको मृत्यु भयो। ऑंधीका कारण धेरै रूखहरू उखेलिएका छन्। दुवै राज्यहरूमा विभिन्न ठाउॅंहरूमा पानी जमेकाले जनजीवन प्रभावित बनेको छ। भारतीय मौसम विज्ञान विभागले आज ओडिशा, तेलंगाना, पुडुचेरीमा पनि वर्षाको सम्भावना व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार/भवानी
