वाशिङ्गटन, 29 नोभेम्बर (हि.स.)। अमेरिकाका प्रमुख उद्योगपति र बर्कशायर हेथवेका उपाध्यक्ष चार्ल्स टी. मुंगेरको 99 वर्षको आयुमा निधन भएको छ। उनले मंगलवार राति केलिफोर्नियाको बारबरा सान्तामा अन्तिम साल लिए। उनको पहिचान बर्कशायर हेथवेका संस्थापक वरेन ई. बफेटका प्रमुख साझेदारको रूपमा हुने गर्दछ।
अमेरिकाको प्रमुख समाचार पत्र द न्यूयर्क टाइम्स अनुसार, चार्ल्स टी. मुंगेरको निधनको धोषणा बर्कशायर हेथवेले एउटा बयानमा गरेको छ। उक्त कम्पनीको निम्ति मुंगेरले आफ्नो कानूनको करियरलाई छोडेर रात-दिन एक गरे अनि न्यू इङ्गल्याण्ड टेक्सटाइल कम्पनीलाई सफल निवेश फर्म बर्कशायर हेथवेमा परिवर्तित गरे। उनको लस एन्जेल्समा पनि एउटा घर थियो।
द न्यूयर्क टाइम्स अनुसार, बर्कशायरका उपाध्यक्ष र अरबपति मुंगेरलाई बर्कशायर हेथवेको निवेश दृष्टिकोणको प्रवर्तक मानिन्छ। भनिन्छ, 50 भन्दा धेरै वर्षहरूसम्म चलेको यस साझेदारीले इतिहासमा सबैभन्दा सफल र सबैभन्दा ठूलो समूहमा एकको निर्माण गऱ्यो। फोर्ब्स अनुसार, चार्ली विश्वका धनीहरूको सूचीमा 182औं नम्बरमा थिए। उनको नेटवर्थ 2.6 अरब डलर थियो। 2022 सम्म यसमा लगभग 372,000 कर्मचारी थिए।
हिन्दुस्थान समचार/बिशाल
