इस्लामाबाद/बीजिङ/पोर्ट मोरेस्बी, 28 नोभेम्बर (हि.स.)। भारतको छिमे देश पाकिस्तान र चीनलगायत पापुआ न्यू गिनीमा आज (मंगलवार) बिहानै आएको भुॅंइचालोका कारण मानिसहरू भयभीत भए। तीनवटै देशमा आज बिहान भुॅंइचालोको गतिलो झट्का महसुस गरियो। उक्त जानकारी अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले दिएको छ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षण अनुसार, पापुआ न्यू गिनीको उत्तरी तटमा 6.5 तीव्रताको भुॅंइचालोको झट्का महसूस गरियो। भुॅंइचालोको झट्का तटदेखि लगभग 20 किलोमिटर टाडा प्रशान्त द्वीपको पूर्वी सेपिक प्रान्तको राजधानी वेवाक शहरदेखि केही टाड़ासम्म महसुस गरियो।
यसरी नै पाकिस्तान र चीनमा पनि भुॅंइचालोको गतिलो झट्का महसूस गरिएको छ। चीनको जिजाङमा 5.0 तीव्रता र पाकिस्तानमा 4.2 तीव्रताको भुॅंइचालोको झट्का महसूस गरियो। उक्त तीनवटै देशबाट भुॅंइचालोले ज्यानमाललाई नोक्सानी गरेको सूचना छैन।
हिन्दुस्थान समाचार/बिशाल
