– डेयरी परियोजना र अस्पतालहरूको निर्माणको पनि घोषणा
कोलकाता, 22 नोभेम्बर (हि.स.)। विभिन्न व्यावारसित सम्बन्धित आईटीसी लिमिटेडले पश्चिम बंगालमा चारवटा नयॉं होटल खोल्ने भएको छ। समूहका चेयरमेन एवं प्रबन्ध निदेशक (सीएमडी) संजीव पुरीले उक्त जानकारी दिए।
पश्चिम बंगालमा मंगलवारदेखि शुरू भएको बंगाल वैश्विक व्यापार सम्मेलन (बीजीबीएस) को सातौं संस्करणमा सम्बोधन गर्दै उनले भने, ‘कम्पनीले निकट भविष्यमा राज्यमा आफ्नो 18औं विनिर्माण एकाई पनि स्थापित गर्नेछ।’ यद्यपि, उनले आईटीसीका घोषित योजनाहरूको बारेमा विस्तारसॅंग बताएनन्।
पूरीले भने, ‘हाम्रा 17 विनिर्माण एकाई बंगालका छन्। निकट भविष्यमा अझ एउटा शुरू गरिने छ। हामीसॅंग राज्यमा पॉंचवटा होटल छन्। समयसॅंग आईटीसीले यसको संख्या नौसम्म लैजाने छ।’
यसरी नै नारायण हेल्थका अध्यक्ष देवी प्रसाद शेट्टीले भने, ‘कम्पनीले आगामी दुई वर्षमा कोलकातामा एउटा हजार पलङ क्षमता भएको अत्याधुनिक अस्पताल स्थापित गर्ने योजना बनाइरहेको छ।’ यस परियोजनाको निम्ति एक हजार करोड़ रूपियॉं राखिएको जानकारी गराए।
उनले अझ भने, ‘यो शहरमा एउटा सुपर स्पेशियालिटी अस्पताल बनाउने मेरा सपना छ। यसले उन्नत ह्रदय देखभाल, क्यान्सर देखभाल र अंग प्रत्यारोपण सुविधाहरू प्रदान गर्नेछ।’
हिन्दुस्थान समाचार/भवानी
