नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)। आतङ्कवादी गुरूपतवन्त सिंह पन्नुका एकजना सहयोगीलाई दिल्ली पुलिसको स्पेशल सेलले पक्राउ गरेको छ जसको पहिचान मलख सिंहको रूपमा भएको छ। मलखले पन्नुको निर्देशमा राजधानी दिल्ली अतिरिक्त गुरूग्राम र हरियाणाका धेरैवटा ठाउँमा खालिस्तानको समर्थनमा नारा लेखेका थिए। मलख सिंह पन्नुको निरन्तर सम्पर्कमा रहेको कुरा उसितको जाँचबुझमा पुलिसलाई थाहा लागेको छ।
उल्लेखनीय छ, एयर इण्डियालाई बमले उड़ाउने धम्की दिएको मामिलामा एनआईएको टीमले प्रतिबन्धित सङ्गठन सिख फर जस्टिसका आतङ्कवादी गुरूपतवन्त सिंह पन्नुविरूद्ध एफआईआर दर्ता गराएको थियो। पन्नुविरूद्ध आईपीसी लगायत अवैधानिक गतिविधि रोकथाम कानूनको आतङ्कवादसित सम्बन्धित विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसअघि पनि वर्ष 2019-मा एनआईएले पन्नुविरूद्ध आतङ्कवादी गतिविधिहरूको आरोपमा मुद्दा दर्ता गराइसकेको छ। यसै वर्षको गत सेप्टेम्बर महिनामा अमृतसर र चण्डीगढ़स्थित उसको सम्पत्तिहरूलाई पनि जफ्त गरिएको थियो।
पश्चिमी दिल्लीको जनकपुरी, विकासपुरी, पश्चिम विहार समेत केही क्षेत्रको पर्खालमा ‘राष्ट्र विरोधी’ औ ‘खालिस्तान समर्थित नारा’ लेखेको पाइएको थियो। यसबारे सूचना पाएपछि पुलिसले देशको परिवेश खल्बलाउने प्रयासमा जुटेका व्यक्तिहरूविरूद्ध मुद्दा दर्ता गराई सबै नाराहरूलाई मेटाइदियो। दिल्ली पुलिसका अधिकारीहरू अनुसार केही राष्ट्रविरोधी तथा खालिस्तानसित सम्बन्धित चित्रहरू पनि पर्खालमा टाँसिएको थियो जसलाई हटाइएको छ। पर्खालमा ‘खालिस्तान जिन्दाबाद’, ‘रेफरेण्डम 2020’ जस्ता नाराहरू लेखिएको थियो।
हिन्दुस्थान समाचार/उष्णता
