गान्तोक, 21 नोभेम्बर (हि.स.)। सिक्किम पुलिसका पूर्व पुलिस महानिदेशक (डीजीपी) एसडी नेगीको निधन भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका पूर्व डीजीपीको असामयिक निधनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शोक सन्तप्त परिवार, आफन्तजन र साथी-भाईहरूप्रति समवेदना व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना पनि गरेका छन्।
हिन्दुस्थान समाचार/बिशाल
