गान्तोक, 18 नोभेबर (हि.स.)। रम्फूमा शुक्रवार अग्निशामक यंत्र (फयर एक्सटिङ्गुइशर) पड्किॅंदा एक व्यक्तिको मृत्यु भयो। मृतकको नाम नागर गर्ग बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, घटना रम्फूको फाटक लाइनस्थित एउटा फायर एक्सटिङ्गुइशरसित सम्बन्धित यंत्रको दोकानमा हिजो दिउॅंसो लगभग तीन बजी भएको हो। दोकानमा अग्निशामक यंत्र अचानक विस्फोट हुॅंदा दोकानका मालिक नागर गर्ग गम्भीर रूपमा घाइते भए।
घाइते गर्गलाई तत्काल रम्फू पीएचसी लगियो, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। घटनाको सम्बन्धमा रम्फू थानामा मामिला दर्ता गरिएको छ र जॉंच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार/बिशाल
