मुम्बई, 15 नोभेम्बर : मुम्बईको वानखेड़े स्टेडियममा आज हुने भारत-न्यूजील्याण्ड सेमीफाइनल म्याच अवधि आक्रमण गर्ने आतङ्कवादी धम्काली मध्यनजर गर्दै मुम्बई पुलिसले मैदान वरपर सुरक्षा बढ़ाएको छ। मुम्बई पुलिसको टीमले धम्कीको मामिला दर्ता गरी धम्की दिनेलाई खोजिरहेको छ।
पुलिस अनुसार एक अज्ञात व्यक्तिले मुम्बई पुलिसलाई भारत-न्यूजील्याण्ड म्याचमा आतङ्कवादी आक्रमण गर्ने धम्की दिएको छ। धम्की दिने व्यक्तिले मुम्बई पुलिसको ट्विटर ह्याण्डललाई ट्याग गरी बन्दुक, हेड ग्रेनेड र कारतूसको तस्वीर पोस्ट गरेको छ। यता भारत न्यूजील्याण्ड म्याच अवधि ‘आगो लगाइदिन्छु’ कन्टेन्ट भएको एउटा फोटो पोस्ट गरिएको छ। पुलिसले उक्त घटनालाई गम्भीर रूपमा लिएको छ।
वानखेड़े मैदान बाहिर सुरक्षा बढ़ाइएको छ। मुम्बई पुलिसले वानखेड़े स्टेडियम वरपर सुरक्षाको लागि 7 पुलिस उपायुक्त, 200 अधिकारी र 700 पुलिस कर्मीलाई तैनाथ गरेको छ। स्टेडियमका सबै दशवटा गेट अघिल्लोतिरका सड़कहरूमा पार्किङ्गमाथि प्रतिबन्द लगाइएको छ। पुलिसले एक किलोमीटरको घेराभित्र पार्किङ्ग स्थलको व्यवस्था गरेको छ।
सुरक्षा कारणले पुलिसद्वारा पेन, पेन्सिल, मार्कर, खाली पन्ना, ब्यानर, पोस्टर सहित ब्याग, पावर ब्याङ्क, सिक्का, ज्वलनशील वस्तुहरू, अर्ध-स्थायी वस्तुहरू तथा तम्बाकू उत्पाद स्टेडियमभित्र नलैजाने निर्देश जारी गरिएको छ।
