डिब्रूगढ़, 14 नोभेम्बर : डिब्रूगढ़ जिल्लाको दुलियाजानमा गए राति ग्यास पाइपलाइनमा आगो लागेकाले क्षेत्रमा आतङ्कको माहोल छ। जानकारी अनुसार, अबेर राति लागेको आगोको खबर तत्काल पुलिसलाई दिइयो। आगो दुलियाजानको डिरियाल गाउॅंमा लागेको हो।
पाइपलाइनबाट ग्यास निक्लिएपछि आगो लागेको हुनसक्ने आशंका व्यक्त गरिएको छ। यद्यपि, ओएल इण्डियाको अग्निशमन समूहले सक्रिय रूपमा राति नै आगोलाई नियन्त्रित गरे। आगलागीमा कसैको ज्यानमाललाई हानि पुगेको सूचना छैन।
