नयाँ दिल्ली, 09 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार भने, कङ्ग्रेससित मध्यप्रदेशको विकासको लागि कुनै रोडम्याप छैन। राज्यका युवाहरूले कङ्ग्रेसमा कुनै भविष्य देख्दैनन्। उनले भने, राज्यका जनतालाई मोदीको ग्यारण्टीमाथि भरोसा छ।
प्रधानमन्त्रीले मध्यप्रदेशको सतनामा आयोजित भाजपाको चुनावी सभालाई सम्बोधन गर्दै भने, यहाँ मतदान हुनु केही दिन मात्र बाँकी रहेको छ, तर त्योभन्दा पहिला नै झूटको फकुण्डो फुटिसकेको छ। कङ्ग्रेससित मध्यप्रदेशको विकासको कुनै रोडम्याप छैन। यसैले मप्रलाई भाजपामाथि भरोसा छ। मप्रलाई मोदीको ग्यारण्टीमाथि भरोसा छ।
मोदीले भ्रष्टाचारको मामिलामा कङ्ग्रेसलाई घेर्दै भने, कङ्ग्रेसद्वारा बनाइएका लगभग 10 करोड़ नक्कली लाभार्थीहरूले सरकारी योजनाहरूको लाभ उपभोग गरिरहेका थिए जसलाई हामीले हटाइदिएका छौं। मोदीले मप्रका जनतालाई भाजपाको पक्षमा मतदान गर्ने आह्वान गर्दै भने, “तपाईहरूको एउटा भोटले भाजपालाई मप्रमा सरकार बनाउन, दिल्लीमा मोदीलाई सशक्त बनाउन अनि राज्यमा कङ्ग्रेसलाई सत्तादेखि टाड़ा राख्नमा सहयोग गर्नेछ।”
प्रधानमन्त्रीले भने, “मप्रको चुनाउमा तपाईहरूको हरेक भोट त्रिशक्तिको शक्तिले भरिएको छ। तपाईहरूको एउटा भोटले यहाँ फेरि भाजपाले सरकार बनाउन गइरहेको छ। तपाईहरूको त्यै भोटले दिल्लीमा मोदीलाई मजबूत बनाउनेछ। तपाईहरूको त्यै भोटले भ्रष्टाचारी कङ्ग्रेसलाई मप्रको सरकारदेखि कोसौं टाड़ा राख्नेछ। अर्थात एउटा भोट, तीन चमत्कार।”
अयोध्यामा भगवान श्रीरामको मन्दिर निर्माणको उल्लेख गर्दै उनले भने, “हिजोआज म जहाँ पनि जान्छु, त्यहाँ अयोध्यामा निर्माणाधिन प्रभु रामको मन्दिरको चर्चा हुन्छ। सारा देशमा खुसीको परिवेश छ। सौभाग्यले परिपूर्ण यस पावन कालखण्डमा मेरो मनमा एउटै कुरा पटक-पटक दोहोरिरहेको छ। त्यो कुराले मलाई आन्दोलित गरिरहन्छ र मलाई तीव्र गतिमा दौड़िने प्रेरणा दिन्छ। त्यो कुरा हो- ‘राम काज कीन्हें बिनु, मोहि कहां विश्राम…’ अब बस्नु हुँदैन, थाक्नु हुँदैन।”
देशका गरीब जनताको लागि सरकारद्वारा उठाइएका कदमहरूबारे जानकारी गराउँदै उनले भने, हाम्रो सरकारले देशका गरीब मानिसहरूलाई 4 करोड़ पक्का घर उपलब्ध गराएको छ। यो आँकड़ा केही देशहरूको कुल जनसंख्याभन्दा पनि अधिक छ। उनले भने, कङ्ग्रेस सरकार राज्यका मानिसहरूलाई पक्का घर उपलब्ध गराउन विफल भइरहेको छ। सबैलाई पक्का घर उपलब्ध गराउने मोदीको वाचा छ।
मोदीले भने, “हामी लोकतन्त्रको भव्य मन्दिर नयाँ संसद भवन बनाउन सक्छौं भने 30 हजार पञ्चायत भवन पनि बनाउन सक्छौं। मलाई खुसी लागेको छ, भाजपाको डबल इञ्जिनको सरकार भएको कारणले मप्र ती राज्यहरूमध्ये एक हो जहाँ गरीबहरूको लागि लाखौं घर बनाइएको छ। यहाँ सतनाका गरीबहरूलाई पनि 1.32 लाख घर प्राप्त भएको छ। मैले निशुल्क राशन योजनालाई आगामी पाँच वर्षसम्म बढ़ाउने संकल्प लिएको छु।” अन्तमा उनले महिलाहरूले मध्यप्रदेशको भविष्य तय गर्ने दाबी समेत गरे।
हिन्दुस्थान समाचार/उष्णता
