
मुम्बई, 08 नोभेम्बर (हि.स.)। महाराष्ट्रको अहमदनगर जिल्ला अन्तर्गत सङ्गमनेर जेलबाट बुधवार बिहान चारजना बन्दी भागे। यी चारैजनाविरूद्ध दुष्कर्म, हत्या, लूटपात जस्ता गम्भीर अपराधको मामिला विभिन्न पुलिस स्टेशनहरूमा दर्ता छ। जेल प्रशासनले उक्त घटनाको सिकायत सङ्गमनेर खण्ड पुलिस स्टेशनमा दर्ता गराएको छ।
पुलिस अनुसार आज बिहान सङ्गमनेर जेल परिसरमा चारजना बन्दीहरूले पहिला बवाल शुरू गरे। त्यसपछि जेलका सुरक्षाकर्मीहरूलाई छक्याएर जेलको झ्याल भत्काएर भागे। पुलिसको भनाइ छ, भागेका बन्दीहरूलाई समात्नका लागि अलग-अलग टीमलाई प्रस्थान गराइएको छ। उक्त घटनाका कारण जेलमा खैलाबैला शुरू भएको छ।
हिन्दुस्थान समाचार/उष्णता
