ग्वालपाड़ा, 07 नोभेम्बर (हि.स.)। असमको ग्वालपाड़ामा डकैतहरूसॅंग भएको पुलिसको भिड़न्ताम दुई डकैत मारिएका छन् भने एक पुलिस अधिकारी घाइते भएका छन्। भिड़न्त डकैतहरूद्वारा डकैतीको क्रममा भएको थियो।
पुलिसले आज भने, यो घटना जिल्लाको अगिया थाना क्षेत्रको निसिस्तामा भएको हो। डकैतहरूको उपस्थितिको सूचना पाएर पुगेको पुलिस टीमसॅंग डकैतहरूको भिड़न्त भएको थियो। भिड़न्तमा दुई डकैतको घटनास्थलमै मृत्यु भयो। मृतकहरू मध्ये एकको नाम अमर थापा बताइएको छ। अर्का डकैतको पहिचान हुन सकेको छैन।
यस भिड़न्तमा अगिया थाना प्रभारी मनोज कुमार दासलाई पनि गोली लागेको छ भने उनको अस्पतालमा उपचार चलिरहेको छ। यस अभियानको अगुवाई अतिरिक्त पुलिस अधीक्षक ऋतुराज दलैले गरेको थिए। पुलिसले डकैतहरूद्वारा प्रयोग गरिएको एउटा वाहन पनि जफत गरेको छ। पुलिसले यस घटनाको सम्बन्धमा मामिला दर्ता गरेर कानूनी प्रक्रिया शुरू गरेको छ।
हिन्दुस्थान समाचार/भवानी
