कोलकाता, 02 नोभेम्बर : पश्चिम बंगालको वैश्विक सांस्कृतिक पहिचान बनिसकेको दुर्गा पूजा धेरै कारणहरूले विशेष रह्यो। राज्य सचिवालयका एक अधिकारीले चाडको सीजनमा कम्तिमा 85 हजार करोड़ रूपियॉंको व्यापार भएको बताएका छन्। साथै, तीन लाखभन्दा धेरै मानिसहरूले रोजगार पनि पाए।
सचिवालय सूत्रहरू अनुसार, ब्रिटिश काउन्सिलले दुर्गा पूजामाथि अध्ययन गरिरहेको छ र यसपाली कम्तिमा 72 हजार करोड़ रूपियॉंको व्यापार भएको थाहा लागेको छ। यद्यपि, राज्य सरकारको आंकड़ा यो भन्दा भिन्न छ र कम्तिमा 85 हजार करोड़ रूपियॉंको व्यापार भएको बताइएको छ।
यसमा ट्याक्सको रूपमा राज्य सरकारले कम्तिमा 750 करोड़ रूपियॉंको कमाई गरेको छ। उक्त अधिकारीले दावी गर्दै भने, हरेक साल दुर्गा पूजाको व्यापारमा लगातार वृद्धि भइरहेको छ।
