चण्डीगढ़, 30 अक्टोबर : पंजाब पुलिस औ बीएसएफद्वारा सीमावर्ती क्षेत्रमा संचालित संयुक्त अभियान अवधि पाकिस्तानको क्षतिग्रस्त ड्रोनबाट लगभग 14 करोड़ रुपियाँको हेरोइन कब्जा गरिएको छ। अधिकारीहरूको भनाइ छ, ड्रोन कनेक्शन बिग्रिएको कारणले झरेर क्षतिग्रस्त भएको थियो।
बीएसएफ अनुसार यो अभियान अमृतसरको सीमावर्ती गाउँ भैणीमा संचालन गरिएको थियो। यस क्षेत्रमा ड्रोनको गतिविधि देखिएको सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा सम्पूर्ण क्षेत्रलाई सील गरी अभियान शुरू गरियो। अभियानकै क्रममा गए आइतवार अबेर साँझ खेतमा क्षतिग्रस्त ड्रोन र एउटा पहेंलो रङ्गको प्याकेट हात लाग्यो।
यो ड्रोन (क्वार्डकप्टर डीजेआई मविक-3 क्लासिक) चीन निर्मित हो। योसित पहेंलो रङ्गको प्याकेट बाँधिएको थियो जसमा हेरोइन थियो। हेरोइनको भार 2.146 किलोग्राम छ जसको मूल्य अन्तरराष्ट्रिय बजारमा 14 करोड़ रुपियाँभन्दा अधिक रहेको छ।
यसरी नै तरनतारनको खेमकरणमा पनि बीएसएफ र पुलिसलाई एउटा जलेको प्याकेट हात लागेको छ। यसमा 2.9 किलोग्राम हेरोइन र 4 राउण्ड 0.30 बोर थियो। बीएसएफले ड्रोन र हेरोइनलाई जाँचको निम्ति एफएसएलमा पठाएको छ।
