
जम्मू, 27 अक्टोबर (हि.स.)। जम्मू-कश्मीरको अरनिया सेक्टरका सबै आठ बोर्डर आउटपोस्टमा गए बिहीवार अबेर राती गोली चल्यो। पाकिस्तानले यहाँको आवासीय क्षेत्रमा गोली चलायो। भारतको जवाफी कारबाहीमा पाकिस्तानका धेरैवटा पोस्टहरू ध्वस्त भए। लगभग पाँच-सातजना रेञ्जरहरू पनि मारिएको सूचना छ।
यस भिड़न्तमा बिक्रम पोस्टमा तैनाथ कर्णाटकका जवान बसपाराजको खुट्टा र हातमा शेलको स्पिलिन्टर लागेको छ भने जब्बोवाल पोस्टका जवानको खुट्टामा गोली लागेको छ। दुवैलाई जम्मू मेडिकल कलेजमा भर्ती गरिएको छ। चारजना नागरिक घाइते भएका छन्। उनीहरूको उपचार पनि अस्पतालमा भइरहेको छ। आवासीय क्षेत्रहरू क्रमैले अरनिया, सुचेतगढ़, सई, जब्बोवाल र त्रेवामा पाकिस्तानको 25 भन्दा अधिक मोर्टर शेल झरेको छ। उक्त भिड़न्तलाई केन्द्र गर्दै बीएसएफले सम्पूर्ण क्षेत्रमा हाई अलर्ट गरेको छ।
बीएसएफले बोर्डर क्षेत्रका मानिसहरूलाई आ-आफ्नो घरमा बस्ने सुझाउ दिएको छ। साथै अरनिया सहित सीमा क्षेत्रमा हाईअलर्ट गरिएको छ। पुलिसले सीमा तर्फ जाने सबै मार्गमा ब्यारिकेटिङ्ग गरेर वाहनहरूको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार/उष्णता
