रायपुर, 24 अक्टोबर। छत्तीसगढ़ विधानसभा चुनाउ अन्तर्गत प्रथम चरणको 20 विधानसभा क्षेत्रमा अब 223 अभ्यार्थी निर्वाचनको निम्ति मतदाताहरूबिच जानेछन्। द्वितीय चरणको निम्ति सोमवार नाम फिर्ता लिने अन्तिम दिन कुल 30 अभ्यार्थीले आफ्नो नाम फिर्ता लिए।
मुख्य निर्वाचन अधिकारी कार्यालयबाट प्राप्त जानकारी अनुसार, राजनान्दगाउॅं विधानसभा क्षेत्रबाट सबैभन्दा धेरै 6 अभ्यार्थीले नाम फिर्ता लिएका छन्। प्रथम चरणको विधानसभा क्षेत्रहरूमा नामांकन पत्रको संवीक्षापछि कूल 253 अभ्यार्थीको नामांकन विधिमान्य पाइएको थियो। प्रथम चरणमा नामांकनको अन्तिम दिन 20 अक्टोबरसम्म 294 जनाले नामांकन दर्ता गरेको थियो।
विधानसभा निर्वाचन 2023 अन्तर्गत प्रथम चरणमा अंतागढ़ विधानसभा क्षेत्रमा 13, भानुप्रतापपुरमा 14, कांकेरमा 9, केशकालमा 10, कोंडागांवमा 8, नारायणपुरमा 9, बस्तरमा 8, जगदलपुरमा 11, चित्रकोटमा 7, दंतेवाड़ामा 7, बीजापुरमा 8, कोंटामा 8, खैरागढ़मा 11, डोंगरगढ़मा 10, राजनांदगांवमा 29, डोंगरगांवमा 12, खुज्जीमा 10, मोहला-मानपुरमा 9, कवर्धामा 16 र पंडरियामा 14 अभ्यर्थी शेष रहेका छन्।
